पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

झापा -  मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ । पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो ।…