विराटनगर । कोशी प्रदेशमा अबको युद्ध दुर्व्यसनविरुद्ध भन्ने अभियान सुरु गरिएको छ। कोशी प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले अभियान सुरु गरेको हो। कोशी प्रदेशभित्र दुर्व्यसनको अवस्था भयावह हुन थालेपछि यो अभियान सुरु गरिएको हो। कोशी प्रदेश सरकारले दुर्व्यसन नियन्त्रणलाई प्राथमिकता राखी अभियानलाई अगाडि बढाउन प्रदेश प्रहरी कार्यालयसँग सहकार्य गरेको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री…