पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

झापा, १४ कात्तिकः मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताउनुभयो । अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला…