हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

मकवानपुर : हेटौडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ । बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उहाँले बताउनुभयो । “उद्योगलाई…