बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेशले मोरङको कटहरीको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि केन्द्रीत रहेको जानकारी…