पर्यटकको मन लोभ्याउँदै बर्नेको राताम्य शिरीषको फूल

झापा । झापाको तराई छिचोलेर उकालो जाँदै गर्दा इलामको सीमा पुग्नुअघि बर्नेको चिया बगानमा सडकको किनारैभरि राताम्य भएर ढकमक्क फुलेका शिरीषका फूलले कसको मन नलोभ्याउला । झापाको बुद्धशान्ति–४ मा रहेको बर्ने चिया बगानको बिचमा मेची राजमार्गको किनारमा फुलेका शिरीषका फूलले दशौँ हजार मौसमी पर्यटकको मन जितेको छ । शिरीषको फूलकै कारण यो स्थान विगत वर्षदेखि…