सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह

कठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरूसँग आग्रह गरेको छ । देशभरका विभिन्न पालिकाले सडकबत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल रकम तिर्न भनेको हो । प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १)…