सीमामा एसएसबीको सक्रिया बढ्यो : सम्पादकीय

गत वर्ष यस्तै बेला गौरीगञ्ज गाउँपालिकामा एसएसबीले सीमा अतिक्रमण गरेको घटना सनसनी भएको थियो । नेपाली नागरिकको घर आगनमै सीमा स्तम्भ गाढेर भारतीय एसएसबीले अतिक्रमणको प्रयास गरेका थिए । तर, स्थानीयले त्यो स्तम्भ उखेलेर फ्यालिदिए । ठ्याक्कै एकवर्ष पछि अहिले एसएसबीले नेपाली भूभागमा अनैतिक हिसावमा सक्रियता बढाएको छ । सक्रियताको मक्सद् भनेको सीमा स्तम्भ सार्नु…