बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको छ । उनलाई डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा परेको छ । नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा उनको उपचार भईरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् ।…