जेष्ठ ११, २०८२ शनिबार

खाद्य स्वच्छता सम्वन्धित तालिम

सिएम शर्मा

कनकाई । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय भद्रपुर झापाको आयोजनामा कनकाई नगरपालिकामा वडा स्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन सम्वन्धि तालिम सम्पन्न भएको छ ।

‘हामी सवैको सरोकार खाद्य स्वच्छता र गुणस्तर’ मुल नाराका साथ सोमबार सुरुङ्गा जेसीजको सभाहलमा खाद्य स्वच्छता सम्वन्धि एक दिवसीय तालिम तथा समूह गठन गरिएको हो ।

कनकाई नगरपालिकाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , परिषद् सदस्य , सुरुङ्गा , जुकेकल्भर्ट र दुर्गापुर बजार ब्यवस्थापन समितिका अध्यक्ष सहभागी कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य अनुसन्धान अधिकृत भरत पुरी र बिर्तामोड नगरपालिका पशुपन्छी विकास शाखा प्रमुख सोनुमाया श्रेष्ठले खाद्य स्वच्छता सम्वन्धि प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण पछि कनकाई नगरपालिकाको सहयोगमा वडा नं. १ मा वडा अध्यक्ष रोसनराज पोखरेलको संयोजकत्वमा सीता अधिकारी , देवीप्रसाद अधिकारी , पुष्प हरि चौधरी र हेमन्त खड्का सदस्य रहने गरि , वड नं. ३ मा वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाको संयोजकत्वमा छवि थपलिया , युवराज चौलागाईं , कृष्णमाया भुजेल , सुष्मा परियार , नवलकिशोर दत्त , ख्याम ओली , त्रिलोचन चिमरिया सदस्य रहने गरि र वडा नं. ७ मा वडा अध्यक्ष लिला कन्दङ्गवाको संयोजकत्वमा प्रकाश शिवाकोटी , गिता चुहान , देवि भट्टराई र सावित्रा दाहाल भट्टराई सदस्य रहने गरी साथ उक्त तिनै वटा समितिमा खाद्य अनुसन्धान अधिकृत भरत पुरी सदस्य सचिव रहने गरि वडा स्तरीय खाद्य स्वच्छता समुह गठन गरिएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]