चैत्र १३, २०८१ बुधबार

२२ महिने छोराको हत्या गर्ने निर्दयी आमाले भनिन् – बच्चा धेरै रोएकोले काटे

भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको हत्या गर्ने आमाले बच्चालाई किन काटेको भन्ने बारे प्रहरीलाई बताएकी छन् ।

प्रहरीले अनुसन्धान गर्दैगर्दा हत्या गर्ने २५ वर्षीया सम्झना थापाले बच्चा धेरै रोएको कारण काटेको बताएकी छन् ।
उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेको भोजपुर प्रहरी प्रमुख केशव कुमार थेवेले जानकारी दिए ।

निर्दयी आमा


प्रहरीका अनुसार उनले बच्चा धेरै रुँदा आफ्नो टाउको दुख्ने गरेकाले काटिदिएको बताएकी छन् । केहि वर्षअघिसम्म थापाले डिप्रेशनको औषधि खाइरहेको खुलासा भएको छ । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।


लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको डिएसपी थेवेले बताए । प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्या गर्ने महिलालाई ज्यान मुद्दामा लाग्ने प्रहरी प्रमुख थेवेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]