चैत्र १३, २०८१ बुधबार

रोकिएका ट्याङ्कर आए, बुधबारदेखि इन्धन सहज हुने

बिर्तामोड । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो ।


मंगलवार झापा लगायत पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुका छोडेको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताएका छन् ।


उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकाबाट छुटेका छन् । पेट्रोलियम पदार्थ नहुँदा मेची अञ्चलका सबै पेट्रोपम्पहरु बन्द भएका थिए ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]