बैशाख ९, २०८२ मंगलबार

सम्पादकीय : जनप्रतिनिधि अप्रिय नबन्नु

दलित महिला सञ्जालले शुक्रवार आयोजना गरेको कार्यक्रममा बिर्तामोडका मेयर पहिलो वक्ता थिए । उनको व्यस्ततालाई ख्याल गर्दै आयोजकले पहिलो वक्ता बनायो । र, उनले बोल्ने क्रममा भने – मलाई पार्टीका नेताले धेरै बकबक नगर भन्नु भएको छ । म थारै बोल्छु । यसरी उनले शुरुआत गरेको भाषणले सबैलाई दुःखित बनायो । एउटा नगरको प्रमुखलाई शुभकामना दिन वक्ता बनाइएको हुनुपर्छ । तर, उनले बोलेका कुराले धेरैलाई चोट पुग्यो । मेयर धु्रव कुमार शिवाकोटीले ठिकै बोलेका हुन्, व्यक्तिगत रुपमा । तर, राजकीय जिम्मेवारीमा रहेको व्यक्तिले बोल्दा धेरै नै ख्याल गर्नुपर्छ । बोलिसकेर हिडेका मेयरले कसैको भाषण सुन्न पाएनन् ।

प्रायः कार्यक्रममा बोलाइने मेयरले आयोजकलाई नै असहज हुने गरी आफ्नो अभिव्यक्ति दिने गर्छन् । भलै, उनले अघि सारेका धेरै कार्यक्रम आम नागरिकको हितमा छ । उनको अभियानमा सबैको सकारात्मक सहयोग पनि उत्तिकै छ । बोल्दा धेरै ख्याल गर्नुपर्छ । एउटा जिम्मेवार निकायमा रहेको व्यक्तिले बोल्दा केहि आलोचना हुन सक्छन् । स्वभाविक पनि हो । तर, त्यसमा सन्तुलन कायम गरिनुपर्छ । उनको हरेक भाषणले गर्दा उनको मातृ पार्टी नै चिन्तित छ । मेयरले नगरेको योजना र आम नागरिकलाई शुभकामना दिने बाहेक अन्य विषय बोलिरहन जरुरी छैन । शुक्रवारको उक्त कार्यक्रममा उनी हिडेपछि उनको धेरै टिप्पणी भयो ।

यस प्रकारका घटना विर्तामोडमा मात्र भइरहेको छैन । हरेक स्थानीय तहमा जनप्रतिनिधिको भाषण अन्ठासन्ठा छ । कार्यक्रममा कुनै जनप्रतिनिधिको अभिव्यक्तिलाई लिएर नागरिकको तहमा प्रिय बन्न सकेको छैन । कसैले पनि जनप्रतिनिधिबाट नयाँ अभिव्यक्ति सुन्न पाइरहेका छैनन् । विकास निर्माण र आगामी योजना सुनाए जनप्रतिनिधिको अभिव्यक्ति स्वतः पूर्ण हुन्छ । सम्पन्न भइसकेका काम र नागरिकसँगको अपेक्षा बारे स्वतन्त्र ढंगले कुरा गर्न सके सबै जनप्रतिनिधि सबै नागरिकको प्रिय बन्नेछन् ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  २ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]