Banner news

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका आवश्यक : प्रधानमन्त्री

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका आवश्यक : प्रधानमन्त्री

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको सिर्जनात्मक र रचनात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

छैठाैं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक सामाजिक रूपान्तरण गरी समृद्ध देश र सुखी नेपाली बनाउने अभियानमा आमसञ्चार माध्यमको सशक्त भूमिका हुने बताउनुभएको हो  ।

उहाँले आमसञ्चार माध्यम मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैं दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्वर्द्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको समेत बताउनुभएको छ ।

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई सम्झेर नेपालमा राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ । ‘समृद्धिका लागि सञ्चार’ अभियानका साथ यसवर्ष छैठाैं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

शेयर गर्नुहोस :

0
Shares