Banner news

कसैले रोक्न सकेन रावलको राजीनामा

कसैले रोक्न सकेन रावलको राजीनामा


काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्। 

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन म राजीनमा दिदैछु’, सिंहदरबारस्थित संसद सचिवालयमा रावलले संचारकर्मीसँग भने, ‘म राजीनामा दर्ता गर्न जाँदैछु। 

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। 

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu