समाचार

आज १६ साउन २०७८ शनिवारको राशिफल

आज १६ साउन २०७८ शनिवारको राशिफल


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ र दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu