मुख्य समाचार

थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ४०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २५४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ९९३ जना नयाँ संक्रमित थपिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares