Banner news

माधव नेपालको पार्टीले एमाले हटाउँदै नेकपा समाजवादी राख्यो नयाँ नाम

माधव नेपालको पार्टीले एमाले हटाउँदै नेकपा समाजवादी राख्यो नयाँ नाम


काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको पार्टीको नयाँ नाम जुरेको छ । नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गरेपछि एमाले हटाएर नेकपा (समाजवादी) राखिएको छ । एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी भएको छ ।

यसैबीच जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वा लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्नेबारे छलफल भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu