धर्म/संस्कृति

आज विश्व संस्कृत दिवस मनाइँदै

आज विश्व संस्कृत दिवस मनाइँदै


काठमाण्डाै – आज विश्व संस्कृत दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।  

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाण्डाैमा आयोजना गरिएको छ । तर, कोरोनाको महामारीका कारण यसपालि सीमित व्यक्तिहरुको उपस्थितिमा  कार्यक्रम हुने छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares