Banner news

बैशाख ९ देखि एसईई परीक्षा

बैशाख ९ देखि एसईई परीक्षा


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी  वैशाख ९ गतेबाट सञ्चालन गर्ने भएको छ। आगामी वैशाख ९ बाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले  जानकारी दिए।

उनका अनुसार यसबारे विस्तृत जानकारी भोलि९बिहीबार० सार्वजनिक सूचनामार्फत जारी गरिनेछ। बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्।

कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव नभएपछि आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशित भएको थियो।

शेयर गर्नुहोस :

0
Shares