मुख्य समाचार

माङसेबुङको अध्यक्षमा एमालेका हेमन्त राई निर्वाचित

माङसेबुङको अध्यक्षमा एमालेका हेमन्त राई निर्वाचित


इलाम -इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई निर्वाचित हुनुभएको छ । राई ३८१८ मतसहित निर्वाचित भएका हुनुभएको हो ।

राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३४९५ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद कुमार नेम्बाङ विजयी हुनुभएको छ । उहाँले एमालेकी सुनिता सुब्बालाई पछि पार्दै विजयी हुनुभएको हो। नेम्बाङले ३७२९ मत ल्याउँदा सुब्बाले ३०४६ मत ल्याउनुभयो।

शेयर गर्नुहोस :

0
Shares