मुख्य समाचार

इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलामको देउमाई नगरपालिकामा एमाले विजयी


इलाम – देउमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका सूर्य पोख्रेल र उपमेयरमा एमालेकै पविमाया राई विजयी हुनुभएको छ ।

एमालेका पोख्रेलल ८ हजार ६ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरका विजयी राईको आठ हजार पाँच सय ६३ मत छ ।

माओवादी केन्द्रका राम राईले भने पाँच हजार सात सय ६५ मत प्राप्त गर्नु भएको छ । पोख्रेल र राई २०७४ सालको चुनावमा पनि मेयर र उपमेयरमा विजयी हुनुभएकाे थियाे । ९ वटा वडा रहेको देउमाई नगरपालिकाको ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेस वडाध्यक्षमा विजयी भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares