मुख्य समाचार

नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा


नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताउनुभयो ।

लहान–१० निवासी गिरीकोे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उहाँको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares