मुख्य समाचार

यो साता कोभिड संक्रमण घट्दो क्रममा

यो साता कोभिड संक्रमण घट्दो क्रममा


बिर्तामोड । यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो ।

त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।

प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा सङ्क्रमण देखिएकामा शनिवार सङ्क्रमण घटेर एक सय ७३ मा झरेको छ ।

पछिलो २४ घण्टामा निको भएर घर गएका बिरामीको संख्या तीन सय ९६ रहेको छ । मन्त्रालयका अनुसार ४७ हजार एक सय ५२ ले खोप लगाएका छन् । कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या तीन हजार छ सय १२ रहेको छ ।

निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ । हालसम्म ११ हजार नौ सय ९९ को मृत्यु भएको छ । अहिलेसम्म पिसिआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टीजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा सङ्क्रमण पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares