बिर्तामोड । बिहानी टोल सुधार समितिको छैटौ साधरण सभा सम्पन्न भएको छ । अध्यक्ष गोपाल चुडालको अध्यक्षता तथा अर्जुनधारा वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोलाको प्रमुख आतिथ्यतामा साधारसभा सम्पन्न भएको हो ।
अर्जुनधारा नगरपालिका वडानम्बर ६ लाई कार्यक्षेत्र बनाएर २०७० साल देखि सामाजिक कार्य गर्दै समाजमा सद्भाव बिकास गर्दै आएको संस्थाको छैटौ साधरण सभाले संस्थाका अध्यक्ष गोपाल चुडालले प्रस्तुत गरेको कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपेन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

साधरण सभाले संस्थाको बिधान ंसशोधन गर्ने अख्तियारी सहित सचिव मदन ओलीको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ । साथै सरकारी र गैर सरकारी संस्थासँग समन्वयमा कार्यक्रम गर्न प्रस्तावना गर्ने निर्णय गरेको छ । साधरण सभाको अबसरमा बिहानी टोलभित्रका एकल महिलाहरुलाई सम्मान गरिएको टोल सुधार समितिका सचिव ओलीले जानकारी दिए ।
साधरण सभासँगै बिहानी युवा क्लवले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको युवा क्लवका सचिव लोकेश आचार्यले जानकारी दिए ।
सचिव मदन ओली र सहसचिव दिवाकर पौडलले सञ्चालन गरेको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष गोमा देवि लुइँटेलले स्वागय मन्तव्य राखेकी थिइन् । संस्थापक अध्यक्ष लक्ष्मी निरौला, वडा परिषद पूर्व सदस्य लक्ष्मी दंगाल महतारा, हालका परिषद सदस्य टुम्मनाथ काफ्ले, प्रणामी युवा परिषद जिल्ला अध्यक्ष टहलदास ओली र प्रमुख अतिथी हरिशचन्द्र बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए ।







प्रतिक्रिया