मुख्य समाचार

कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि

कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि

Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT

सुनसरी – कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ । बडादसँैको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो ।

स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ । यसैबीच बडादसैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ । सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका–६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो । मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares