मुख्य समाचार

निर्वाचन सभ्य बनाऔं

निर्वाचन सभ्य बनाऔं


सम्पादकीय
निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावली नै प्रकाशन गरिसकेपछि अब मत माग्ने र मत दिन बाहेकको काम लगभग सकियो । अब, उम्मेदवार निश्चित भएपछि मतदातालाई पनि ढुक्क भएको छ । अन्तिम नामावली प्रकाशन नहुँदासम्म उम्मेदवार को हो भन्ने अनिश्चित थियो । अब, मतदाता पनि उम्मेदवारको आफ्नो अध्ययन गर्ने अवसर पाएका छन् । निर्वाचनमा हरेक उम्मेदवारको अध्ययन गरेर मात्रै मत दिनु उपयुक्त हुन्छ ।

अहिले निर्वाचनमा सहभागी भएका दलका कार्यकर्ता र नेता सबैको सक्रियता छ । सक्रियता स्वभाविक पनि हो । आफ्नो उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्य सबैको छ । निर्वाचनमा सहभागी दलका नेता र कार्यकर्ताहरु आफ्नै पार्टीले गरेका राम्रा कामहरुका बारेमा बढिभन्दा बढि प्रचार गरिरहेका छन् । यसैले एकले अर्काको प्रचारलाई काट्नेहरु अभिव्यक्ति दिएको पनि पाइन्छ । निर्वाचनमा आफ्नै कुरा राख्ने हो । त्यसका लागि मर्यादिन हुनुपर्छ । मर्यादित भएर निर्वाचनमा सहभागी हुँदा मतदाताले पनि त्यसको मुल्याङकन गर्नेछन् ।

निर्वाचनको मिति तोकिएपछि दलहरु आफ्नो–आफ्नो पक्षमा खुले । कार्यकर्ताहरु पनि उस्तै भए । अहिले झनै तातिएको माहोलमा एकले अर्कालाई लाञ्छना लगाउने गरिन्छ । मंसिर ४ भन्दा अघि सम्म यस्तै हो । त्यसैले मंसिर ४ पछिको साथीभाई, छरछिमेक र अन्तर पार्टी सम्बन्धलाई पनि ख्याल गरेर मात्रै प्रचार प्रसारमा लाग्न उपयुक्त हुन्छ । सभ्य र मर्यादिन निर्वाचन बनाउने हामी सबैको दायित्व हो । यसलाई ख्याल गरियो भने दलहरुप्रति आम मतदाताको बुझाई पनि सकारात्मक हुन्छ । र, दलप्रति बढेको नकारात्मक दृष्टिकोण घटेर जानेछ । वास्तवमा , जो संयम् र मर्यादिन हुन्छ उसैप्रति मतदाता पनि आकर्षित हुन्छन् । यसप्रति सबै उम्मेदवार र दलहरु सचेत रहन आवश्यक छ ।

शेयर गर्नुहोस :

0
Shares