मुख्य समाचार

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

g]kfn kqsf/ dxf;+3 t]x|y’dsf] !@ cf} ;fwf/0f ;ef afnf e§/fO{ t]x|y’d !& d+l;/ -/f;;_ g]kfn kqsf/ dxf;+3 t]x|y’dsf] !@ cf} ;fwf/0f ;ef tyf kqsf/ Ifdtf ljsf; sfof{s|sf] cj;/df lgjf{lrt t]x|y’d k|ltlglw;ef ;b:o ;Ltf u’?ª tyf pkl:yt clyltx?

तेह्रथुम । नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवं रेडियो तेह्रथुमका सहायक स्टेशन म्यानेजर नरेश ढुङ्गाना रहेका छन् । दुवैजनालाई क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु. ११ हजार एक सय ११ रहेको छ । उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आएकी राधिका पोखरेल र डा. सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गरेका हुन् ।

यस्तै महासङ्घले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु. पाँच हजार पाँच सय ५५ रहेको छ । उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेजबहादुर कार्की दम्पत्तिले स्थापना गरेका हुन् ।

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत भएकी छिन् । पुरस्कारको राशि जनही रु. एक हजार एक सय रहेको छ । उक्त पुरस्कार स्व. सोमनाथ निरौलाको परिवारले स्थापना गरेका हुन् । आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि जनही रु. एक हजार एक सय ११ रहेको छ । सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो ।

संविधानसभा सदस्य सिता गुरुङ, तेह्रथुम प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए । शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित भएका उम्मेदवार गुरुङ, दुलाल र दुर्गाप्रसाद चापागाईलाईसमेत सम्मान गरेको थियो । यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु र आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानित गरिएको थियो ।रासस

शेयर गर्नुहोस :

0
Shares