मुख्य समाचार

प्रदुषण जाँचपास नभएका सवारी चलाए पुषबाट १ लाख रुपैंया जरिवाना

प्रदुषण जाँचपास नभएका सवारी चलाए पुषबाट १ लाख रुपैंया जरिवाना

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

काठमाडौं – सरकारले पुस १ गतेपछि प्रदूषण जाँचपास नभएका सवारीसाधन सञ्चालन गरे १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आज ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएमा १ लाख रुपैयाँसमम्म जरिवाना गरिने जानकारी गराएको हो।
हिउँदमा काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको र यसको मुख्य कारण सवारीसाधनबाट निस्कने धुँवा र खुला रूपमा फोहोर जलाउँदा निस्कने धुँवा भएको विभागले जनाएको छ।

‘हाल सवारीसाधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकामा २०७९ पौष १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारीसाधनहरूलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन हुन सबै यातायात व्यवसायी तथा सम्बन्धित सबैमा यो सूचनामार्फत अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ।

जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदूषण जाँचपासका रूपमा यसअघि जारी हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास नहुने सवारीसाधनलाई समेत उल्लिखित व्यवस्थाबमोजिम जरिवाना लगायतका कारबाही हुने चेतावनी विभागले दिएको छ।

शेयर गर्नुहोस :

0
Shares