Banner news

फ्रान्स विश्वकपको सेमिफाइनलमा

फ्रान्स विश्वकपको सेमिफाइनलमा

AL KHOR, QATAR – DECEMBER 10: Aurelien Tchouameni of France scores a goal to make it 0-1 during the FIFA World Cup Qatar 2022 quarter final match between England and France at Al Bayt Stadium on December 10, 2022 in Al Khor, Qatar. (Photo by Robbie Jay Barratt – AMA/Getty Images)

कतार । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २–१ गोल अन्तरले पराजित ग¥यो ।

खेलको १७ औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

शेयर गर्नुहोस :

0
Shares