मुख्य समाचार

झापाको प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी

झापाको प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी


बिर्तामोड । झापाको प्रहरी प्रमुखका रुपमा दुर्गाराज रेग्मी आउने भएका छन् । काज सरुवा मार्फत रेग्मी झापा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रेग्मी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट काज सरुवा भई झापा आउने भएका हुन् । झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग नक्साल काठमाडौं पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले आज २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् । त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।

शेयर गर्नुहोस :

0
Shares