मुख्य समाचार

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन आग्रह

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन आग्रह


काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक÷दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू–भागका एक÷दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । सेतोपाटी

शेयर गर्नुहोस :

0
Shares