कनकाई । तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २१औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।
बिहीबार सामुदायिक वनको सभा हलमा उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वन सँग प्रतक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ख्याम ओलीले वन संरक्षण समिति लगायत ९ औं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै अध्यक्ष ओलीले आर्थिक बर्ष २०७८÷७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७९÷८० मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए ।

त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्री प्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए । त्यस्तै खरेलले समुहको २०७९÷८० को अनुमानित आम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत भेलामा पेस गरेका थिए ।
कार्यक्रमा प्रमुख अतिथि कनकाई वडा नं. ३ का बडा अध्यक्ष युवराज चौलागाईं, विशेष अतिथि कनकाई वडा नं. २ का वडा अध्यक्ष बलराम राई, सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल, अतिथिहरु हरिभक्त सिटौला, नारायण ओली, भीष्म मैनाली, गोविन्द पौडेल, सुर्य उप्रेती लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राखेका थिए ।







प्रतिक्रिया