Banner news

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

sf7df8f}F, !! k’;M gjlgo’Qm pkk|d tyf dGqLnfO{ zky /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtn lgjf;df ;f]daf/ cfof]lht ljz]if ;df/f]xdf gjlgo’Qm pkk|wfgdGqL Pj+ cy{dGqL lji0f’k|;fb kf}8]n, pkk|wfg Pj+ ef}lts k”jf{wf/ tyf oftfoftdGqL gf/fo0fsfhL >]i7 / pkk|wfg Pj+ u[xdGqL /lj nfld5fg]nfO{ kb tyf uf]kgLotfsf] zky u/fpg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई अब्दुल खानलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । उहाँहरूको कार्यभार पछि तोकिनेछ ।

शेयर गर्नुहोस :

0
Shares