काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर स्थित झुप्रा खोलामा आज विहान हायस गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ ।
प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा। प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर(११ झुप्राखोला नजिक विहान २ बजे दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट ८० मिटरजति तल खस्दा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ काराजेन्द्र बीसीको मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का वर्ष २६ का वीरेन्द्रराज शाही घाइते हुनुुहुन्छ। शाहीको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया