Banner news

गरिवी अन्त्य गर्न एमाले लाग्नुपर्छ : मेन्याङवो

गरिवी अन्त्य गर्न एमाले लाग्नुपर्छ : मेन्याङवो


बिर्तामोड । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङवोले गरिवी अन्त्यका लागि एमालेका सबै नेता कार्यकर्ताहरु योजनावद्ध रुपमा लाग्नुपर्ने बताएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा आज आयोजित पालिका कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले गरिवी अन्त्य नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताए ।

एमालेको राष्ट्रिय कार्यक्रम अन्तर्गत मिसन ग्रासरुट अभियानमा केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी निभाएका पार्टीका पोलिटव्यूरो सदस्य मेन्याङवोले आर्थिक, सामाजिक र सांस्कृति रुपान्तरण अहिलेको कार्यभार रहेको बताए । उनले तीन वटा कार्यभार बारे बताउदै भने, ‘राजनीतिक क्रान्ति सकियो । अब आर्थिक क्रान्तिको आवश्यकता छ ।’
कार्यक्रममा मिसन ग्रासरुटमा खटिएका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ । केन्द्रीय प्रतिनिधि मेन्याङवो, केन्द्र, प्रदेश र जिल्लाका नेताहरु नन्दीकेशर अधिकारी, छविलाल चुडाल, लक्ष्मण पाठक, देविन्द्र चम्लागाई, तोयानाथ पोखरेल, भूपेन्द्र कटुवाल, लक्ष्मी राजवंशी, शेर बहादुर तामाङ र मिना सेन्च्युरीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।

मिसन ग्रासरुट अभियानको प्रतिवेदन सार्वजनिक गर्दै पार्टीका क्षेत्रीय संयोजक लक्ष्मण पाठकले उपलब्धी, समस्या र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । उनले केहि जनवर्गीय संगठनको गठन गरिएको समेत जानकारी दिए । मिसन ग्रासरुटले पार्टीलाई बलियो बनाउन धेरै सहयोग पुगेको बताएका छन् । ग्रासरुट अभियान निरन्तर चलिरहने उनको भनाई छ ।

उक्त कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले वर्तमान सरकारले प्रतिपक्षी दललाई घेरावन्दीमा पार्ने काम गरिरहेको बताएका छन् । उनले राष्ट्रको पक्षमा अडिक भएकै कारण एमाले विरुद्ध सबै लागेको जनाउदै पार्टी संगठनलाई तल्लो तहसम्म व्यवस्थित बनाउन आग्रह गरे ।
बैठकमा वडागत रिपोटिङ समेत गरिएको सचिवालय सदस्य अनिल सापकोटाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares