बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले कोशी प्रदेश सबै समुदायको साझा पहिचान भएको बताएका छन् । उनले प्रदेशको नामाकरणमा धेरै आन्दोलन गरिरहन आवश्यक नरहेको बताए ।
नेकपा एमाले बाह्रदशी गाउँपालिका कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले कोशी प्रदेशको नामाकरणमा सबैले अपनत्व ग्रहण गनुपर्ने बताए । ‘कुनै एक जातिको नाममा प्रदेशको नाम राख्न माग गर्नु अन्य जातजाति समुदायको अपमान गर्नु हो, कार्कीले भने ।

अध्यक्ष कार्कीले कोशी प्रदेशको नाम संविधान बमोजिम नामाकरण गरिएको भन्दै कोशी मान्दिन भन्नेहरु संविधान विरोधी भएको बताए । दुई तिहाई बहुमतले कोशी प्रदेश नामाकरण गरेको छ, उनले भने – ‘कोशी प्रदेश नमान्नेहरुले चुनाव लडेर दुई तिहाई बहुमतबाट बदल्न सक्नुहन्छ । त्यो बेला एमाले ढुङ्गामुडा गर्दैन ।’







प्रतिक्रिया