शनिश्चरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ध्यान गुरु, विश्व परिवार एवं मनोक्रान्ति (विकाशानन्द फाउन्डेसन) पोखराका डा .योगी विकाशानन्दले शनिबार अर्जुनधारा जलेश्वरधामको दर्शन गरेका छन् ।
डा.विकाशानन्दले जलेश्वरधाममा पूजा आराधना गरि फूलप्रसाद ग्रहण गरेका हुन् । डा. योगीको अगुवाइ रहेको योगा टोली आगमन भएपछि धामद्वारा आयोजित विशेष कार्यक्रममा डा. योगीले मनोसामाजिक समस्या र जनचेतना आफ्नो संस्थाबाट प्राप्त हुने सेवाहरु रेकी (रे–विश्व ब्रह्माण्डकी शक्ति) , वैज्ञानिक मनोक्रान्ति स्मार्ट योग ,गोभा , काभा, आभा ध्यानहरुका बारे प्रवचन दिएका थिए । उनले कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई ध्यानको फाइदा बताउँदै ध्यान अभ्यास गराएका थिए ।
संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ, उनको नारा हो । तपाईं हामीलाई समय दिनुस् , हामी तपाईंलाई स्वस्थ्य शरीर ,शान्त मन, पारिवारिक प्रेम, सामाजिक सुरक्षा र सच्चरित्र दिन्छौं भन्ने संस्थाको लक्ष्य रहेको छ । योग अभ्यास कार्यक्रममा धामका महासचिव शिवलाल खतिवडा, मुल अर्चक अग्नि प्रसाद सिग्देल, पूर्व प्राध्यापक लोकनाथ पौड्याल, ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराई लगायत ७० जना भन्दा बढी सहभागिता रहेको थियो ।







प्रतिक्रिया