Banner news

हल्दिवारीका सेल्टरदाता र अग्रजलाई एमालेको सम्मान

हल्दिवारीका सेल्टरदाता र अग्रजलाई एमालेको सम्मान


बिर्तामोड । नेकपा एमाले हल्दिवारी गाउँकमिटीले सेल्टरदाता र अग्रजहरुलाई सम्मान गरेको छ । पालिका कमिटीले आज मंगलवारे बजारमा आयोजना गरेको सम्मान कार्यक्रमका बीच अग्रज र सेल्टरदातालाई सम्मान गरेको हो ।

नेकपा एमालेले राष्ट्रिय कार्यक्रम अन्तर्गत सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा हल्दिवारीले सम्मान गरेको छ । पार्टीका गाउँकमिटी सचिव सागर पोर्तेलका अनुसार पञ्चायतकाल, भूमिगतकालमा सेल्टर प्रदान गर्ने सेल्टरदाताहरु , ०४६ सालअघि र आसपासमा पार्टी सदस्यता लिने अग्रज योद्धाहरुलाई सम्मान गरेको हो । सचिव पोर्तेलले १५० भन्दा बढि सेल्टरदाता र अग्रजहरुलाई सम्मान गरेको जानकारी दिए ।

नेकपा एमाले हल्दिवारी गाउँपालिका कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दिपक कार्की र प्रदेश कमिटी सदस्य बसन्त बानियाले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares