Banner news

डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेरौं

डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेरौं


काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको छ ।

शनिवार राती नतिजा प्रकाशित भएको हो । डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा  डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुःल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares