मुख्य समाचार

झापा उद्योग वाणिज्यको नेतृत्व निर्विरोध

झापा उद्योग वाणिज्यको नेतृत्व निर्विरोध


भद्रपुर । १२ वर्षपछि झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नेतृत्व निर्विरोध चयन भएको छ । आगामी तीन बर्से कार्यकालका लागि संघको २१ औं अध्यक्षमा युवा व्यवसायी प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन् ।

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बुले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ३५ वर्षीय राई निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान एशोसिएट्स-वस्तुगत उपाध्यक्ष समेत रहेका राई जनजाति समुदायबाट पहिलो पटक संघको नेतृत्व हाँक्न लागेका हुन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा सुमन्त मैनाली निर्विरोध निर्वाचित भएका छन् । सुरज शाह कसेराले वाणिज्य उपाध्यक्ष पदबाट र रविशंकर भट्टराई (पवन)ले महासचिव पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, एशोसिएट्स-वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुली, महिला उपाध्यक्षमा सीता ढकाल र कोषाध्यक्षमा पवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । ती पदहरूमा एकल उम्मेदवारी परेको थियो ।
महिला सदस्यहरूमा दिलकुमारी राई, अनिता कार्की, रुकमणि चौहान र मुना दाहाल निर्विरोध निर्वाचित भएकी छिन् । खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बु –अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह रौनियार र कविन राई निर्विरोध निर्वाचित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares