Banner news

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने


बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निश्चित भएको छ । झापाको दमकमा २९–३१ गते हुने भनिएको बैठक काठमाडौंमा हुने भएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

बजेट अधिवेशनका कारण केन्द्रीय कमिटीको बैठक २८–३० पार्टी कार्यालयमा बोलाइएको अधिकारीले जानकारी दिए । झापामा बैठकस्थगित भएसँगै जेठ १ को सभा समेत स्थगित गरिएको छ ।

झापामा ३५ वर्षपछि बैठक गर्ने तयारीपछि जिल्ला पार्टीले भव्य रुपमा आवश्यक व्यवस्थापन मिलाइरहेको थियो । विभिन्न उपसमितिहरु बनाएर बैठक र जेठ १ को सभालाई विशाल बनाउन नेताहरु तयारीमा जुटेका थिए ।

शेयर गर्नुहोस :

0
Shares