Banner news

केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै

केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकले यही वैशाख २८ गतेदेखि हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।

वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares