मुख्य समाचार

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु


बिर्तामोड ।  आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा  देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिँदैछन् ।

१७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने बताइएको छ ।

परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थी पनि सहभागी छन् ।

शेयर गर्नुहोस :

0
Shares