Banner news

मेचीनगरबासीले कृषि र पशुमा बीमा पाउने

मेचीनगरबासीले कृषि र पशुमा बीमा पाउने


मेचीनगर । मेचीनगरबासीले चाँडै नै कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा पाउने भएका छन् । मेचीनगरबासीले विगत लामो समयदेखि ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बीमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बीमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल अगाडि बढाएका हुन् ।

मेचीनगरमा किसान र कृषि क्षेत्रमा आबद्ध हुनेको संख्या ठुलो छ । उनीहरुले विभिन्न कारणले कृषि क्षेत्रमा क्षति व्यहोर्नु परिरहेको भए पनि अब कृषि बीमा वापत उनीहरुले राहत पाउने नगरप्रमुख बुढाथोकीले बताए । साथै उनले मेचीनगर क्षेत्रमा हुने हात्ती, बाँदर, स्याललगायतका जंगली जनावरबाट हुने क्षतिको क्षतीपूर्ती बीमा वापत उपलब्ध गराउन सके त्यस समस्याबाट पनि मेचीनगरबासी मुक्त हुने उनको भनाई छ ।

नगरप्रमुख बुढाथोकीको समन्वयमा बिहीबार नगरपालिकामा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नेको इन्स्योरेन्सका प्रतिनिधिसँग कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा सम्बन्धी छलफल सम्पन्न भएको मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares