बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पद विरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरिएको थियो ।

यस वडामा १ सय १ जना शंकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए । जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परीक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको आइतबार भोलीसम्ममा रिपोर्ट आउने जनाइएको छ ।
वडा नम्बर १० मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरि कुष्ठरोग निदानको लागि अभियान सञ्चालन गरिएको हो । बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यस अघि ९ जनामात्रै रहेको वडा नम्बर १०मा ५ जना कुष्ठरोगी थपिएपछि १४ पुगेको हो ।







प्रतिक्रिया