Banner news

हिम्मतवाली मेयर पवित्रा

हिम्मतवाली मेयर पवित्रा

tl:a/ SofK;g M emfkfsf] latf{df]8 gu/kflnsfdf lgjf{lrt lhNnfs} klxnf] dlxnf d]o/ . tl:a/ M ch'{g÷sflGtk’/

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले वडा नं. ५ मा रहेको बुधबारे हटियाका संरचनाहरु हटाएको एक हप्ता वितेको छ । सो बजारमा व्यापार गर्दै आएका व्यापारीहरुले स्वःस्फुर्त ठाउँ खाली नगरेपनि नगरपालिकाले १० वटा डोजरको प्रयोग गरेर भत्काइदियो ।

नगरपालिकाले नगर विकास कोषको लगानीमा भव्य व्यवसायिक भवनको निर्माण गर्दैछ । सोही प्रयोगजनका लागि ठाउँ खाली गरिएको हो । २०७७ सालदेखि ठाउँ खाली गर्ने चर्चा गरिए पनि व्यवहारिक रुपमा अहिले खाली भएको छ । तत्कालिन मेयर धु्रवकमार शिवाकोटीले पनि बुधबारे हटियाको घर, टहरा र संरचनाहरु हटाउने योजना बनाएका थिए । उक्त योजनाको कार्यान्वयन वर्तमान मेयर पवित्रा महतारा प्रसाईको नेतृत्वमा भएको छ ।

स्वर्गीय देविप्रसाद प्रसाईले बजार बसाउनका लागि दान गरेको जमिनमा व्यापारीहरु वर्षौदेखि व्यवसाय गर्दै आएका थिए । निश्चित भाडा कायम गरेर बसेका व्यापारीहरुको अलवा पनि नागरिकहरुको बजार क्षेत्रभित्र बसोबास थियो ।बुधबारे हटिया (देवि हाट) को पश्चिम तर्फ व्यवस्थित सटरसहितको संरचना थियो भने पूर्व भागमा ससाना घरहरु निर्माण गरेर बसोबास गर्ने गरेको थियो । उनीहरुको सबै संरचनाहरुलाई नगरपालिकाले हटाइसकेको छ । नगरपालिकाले उक्त ठाउँ खाली गरेसँगै मेयर प्रसाईको हिम्मतको प्रशंसा भइरहेको छ ।

पटक–पटक सूचना प्रकाशन गरेर घर, टहरा र संरचनाहरु खाली गरिदिन आग्रह गर्दा समेत नछोडेपछि व्यापारीहरु र नगरपालिकाबीच संवादको दुरी घटेको थियो । त्यसको मुख्य कारण थियो, व्यापारीहरुलाई संरक्षण गर्ने नाममा गरिएको उक्साहट । जसको नेतृत्व बिर्तामोड वाणिज्य संघका केहि व्यक्तिले गरेका थिए ।

बिर्तामोडमा डोजर चलाउन सक्ने परिस्थिति नै थिएन । केहि राजनीतिक दलको राजनीतिकरण र वाणिज्य संघको उक्साहटले बिर्तामोड नै प्रभावित बनेको अवस्था थियो । बिर्तामोडलाई नै बुधबारे हटिया खाली गराउने विषयले विभाजित बनायो । कतिपयले व्यापारीलाई पछाडिको भागमा राखेर अगाडिबाट काम अघि बढाउन सूझाव दिएका थिए । धेरैले सार्वजनिक जमिनको सुरक्षा राज्यले गर्नुपर्ने धारणा राखे । यसका बीचमा महिला मेयरले भत्काउन नसक्ने कतिपयको अडान थियो । तर, मेयर प्रसाईले राज्यको सम्पत्तिको सुरक्षा गर्ने सवालमा देखाएको हिम्मतको सबैले उच्च प्रशंसा समेत गरेका छन् । यसै सन्दर्भमा अन्य पालिकाहरुमा पनि छलफलको विषय बनिरहेको छ, बुधबारे हटिया । सबैजसो पालिकाहरुमा महिला मेयर भएकै कारण बुधबारे हटिया खाली गराउने अभियान सफल भएको चर्चा छ । पुरुष मेयरले समेत हिम्मत नगर्ने परिस्थिति थियो, तर उहाँले गरेर देखाउनु भयो – एक जनप्रतिनिधि भन्छन् । डोजर बजारभित्र प्रवेश गरेपछि अवरोध गर्न धेरै प्रयास भएका थिए । तर, मेयर प्रसाईले आँटले अभियान रोकिएन । उनलाई राजनीतिक एवम् विभिन्न नेतृत्वहरुबाट समेत बजार हटाउने अभियानमा रोक्न हदैसम्मको दवाव दिएका थिए । व्यापक दवावका बीच मेयरले कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गरेर देखाएकी छन् ।

बिर्तामोडको गौरवको परियोजनाको रुपमा रहेको बुधबारे हटियामा विशाल भवन निर्माण गर्ने अवसर जनप्रतिनिधिलाई मिलेको छ । वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको पुर्खाले दिएको हो, उक्त जमिन । जसको सन्तति आज जनप्रतिनिधिको रुपमा आसिन छन् । उनै वडाध्यक्ष प्रसाई समेतको सकारात्मक भूमिकाले हटिया खाली गराउने अभियान सफल भयो । नगर कार्यपालिकाले एकमतका साथ निर्णय गरेर अघि बढेपनि जग्गादाताकै परिवार सकारात्मक हुनुले थप प्रभाव पारेको थियो ।

अब, बुधबारे हटियामा बन्ने उक्त भवनमा जग्गादाताको नाम उल्लेख हुनुपर्छ । नगरले सहमति जुटाएर जग्गादाताको एउटा शालिक समेत निर्माण गर्न सके सधैंका लागि सम्मान हुने थियो । हजुरवुवाले दिएको जग्गा नातीको पालामा भव्य भवन निर्माण हुनु र हजुरबाको शालिक निर्माण गर्नु वडाध्यक्ष प्रसाईको लागि जीवन कै सुखद् अवसर हुने बिर्तामोडबासीको भनाई छ । जग्गामा रहेका व्यापारीहरुलाई तत्कालका लागि समस्या भए पनि दीर्घकालिन रुपमा समाधान खोजिएको जनप्रतिनिधिहरुको भनाई छ ।

बिर्तामोडमा रहेको सार्वजनिक जमिनहरुमा बनाइएका अवैध संरचनाहरु हटाउन मेयर प्रसाईले यसैगरी पहलकदमी गर्नुपर्ने आवाज समेत उठिरहेको छ । उनलाई क्षणिक समस्यालाई प्रवाह नगरी नगरको दीर्घकालिन विकासमा लाग्न सबैको सूझाव छ ।

नगर विकास कोषले १ अर्व लगानी गरेर पार्किङ सहितको बहुतले भवन निर्माण गर्ने योजना छ । उक्त भवन निर्माणले बिर्तामोडको सुन्दरतामा टेवा पुग्ने निश्चित छ ।

भवन साउनको अन्तिम वा भदौको पहिलो हप्ताभित्र निर्माण सम्झौता हुने संभावना छ । त्यसअघि डिपिआर र आवश्यक प्राविधिक तयारी गर्ने बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares