Banner news

बिर्तामोड खानेपानीमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलको अग्रता

बिर्तामोड खानेपानीमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलको अग्रता


बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जारी मतगणनामा मेघराज बास्तोला नेतृत्वको प्यानल दोब्बर मतले अगाडि बढेको छ । उनको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले स्वतन्त्र प्रगतिशिल प्यानललाई दोब्बर अग्रता लिएको छ ।

भर्खरै सार्वजनिक अघिसम्म १२६३ मत गणना हुँदासम्म लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष मेघराज बास्तोला ८२५ , उपाध्यक्ष शैलेन्द्र सिटौला ६५६, सचिव पारस मैनाली ७६८ ,कोषाध्यक्ष शारदा रिजाल ४८९, खुल्ला सदस्यमा आनन्द गुरुङ ५९७, खगेन्द्र थापा ५३२ ,महिला सदस्यमा बालादेवी खरेल ६०३ , माया प्रधान खड्गी ६४३ र कमला अग्रवालले ६०९ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र प्रगतिशील समूहबाट अध्यक्ष देवेन्द्र सिटौला ३०४ , उपाध्यक्ष प्रदीप खरेल ४१७ ,सचिव विष्णुप्रसाद चुडाल २८२ ,कोषाध्यक्षमा विनिता राजवंशीले २२३ मत ल्याएका छन् । त्यस्तै खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ ३१५ , सुनिल शिवाकोटी २६४ तथा महिला सदस्यहरुमा तारा राई ३६१ , पुनम अधिकारी सुब्बा ३५० र सीमा सिलवाल ढुंगानाले ३२५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका स्वतन्त्र उम्मेदवार केशवकुमार श्रेष्ठले ३१३ तथा खुल्ला सदस्यमा बलराम सिटौला (राम)ले १८८ मत ल्याएका छन् । खानेपानीमा ८ हजार ७५४ जना मतदाता रहेकोमा ३ हजार ७६४ मत खसेको थियो ।

सच्याइएको – यसअघि निर्वाचित भएको भन्ने प्रकाशित समाचार भलवल प्रकाशन भएकाले सच्याइएको छ ।

शेयर गर्नुहोस :

0
Shares