इन्द्रकुमार राई
शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिले उभौली साकेला सिली (नाँच) सोमबार समापन गरेको छ । यायोक्खाद्वारा अर्जुनधारा नगरपालिका – ९ कटहर डाँडास्थित समितिको कार्यालय परिसरमा उभौली साकेला सिली (नाँच)प्रदर्शन गर्दै समापन गरिएको हो ।
समापनको अवसरमा गत वैशाख २२ गते देखि नगरको टोलटोलमा उभौली साकेला नाँचमा सहभागी हुने किराँत राई यायोक्खामा आवद्ध एलिना राई , अविशेक चाम्लिङ राई, जुलिया लिम्बू ,अपेक्षा थुलुङ राई, अरुण चाम्लिङ राई,अप्सरा मेवाहाङ राई, अपसना राई, स्मारिका बान्तवा राई, झरना राई, सुमिक्षा थुलुङ राई, बर्षा चाम्लिङ राई, नूमा जबेगु, राजा राई, निर्जला योञ्जन तामाङ , पुनम दुमी राई, टिना राई, मानिकचन्द्र राई , राहुल राई लगायत ४८ जना कलाकारहरुलाई प्रशंसा – पत्र प्रदान गरिएको समितिका सचिव सिंह बहादुर चाम्लिङ राईले जानकारी दिए ।

त्यसैबीच किराँत एकता, धर्म संस्कार, साँस्कृतिक उत्थानका निम्ति सहयोग पु¥याउने मानबहादुर बान्तवा राईलाई कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा किराँत राई यायोक्खा दक्षिण कोरिया सूचना विभागका प्रमुख अर्जुन साङपाङ राईले नगद ५ हजार रुपैयाँ समितिलाई सहयोग प्रदान गरेका थिए ।
समितिका अध्यक्ष विजय साङपाङ राईको सभापतित्व रहेको समापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भूपा राईले स्वागत मन्तव्यसहित उभौली साकेला नाँच समापन भएको घोषणा गरिन् । साँस्कृतिक विभागका संयोजक ढाकबहादुर चाम्लिङ राई, उपाध्यक्ष आशा राई, सहसचिव प्रेम चाम्लिङ राई, सल्लाहकारहरु भरतसिंह दुमी राई, मिश्रकुमारी राई लगायतको उपस्थिति रहेको सम्पन्न कार्यक्रममा कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा प्रदेश नामाकरण गर भन्ने नारा लगाइएको थियो ।







प्रतिक्रिया