विराटनगर – सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि सबै ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईका अनुसार बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ ।
सबै ढोका एकैपटक खोलिएपछि कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ ।







प्रतिक्रिया